तेस्रो राष्ट्रिय झण्डा दिवस विभिन्न कार्यक्रम गरी मनाइदै

  • प्रकाशित मिति : December 16, 2020
  • sthaniyasarkar.com

काठमाडौं-तेस्रो राष्ट्रिय झण्डा दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा, मेरो पहिचान भन्ने नाराका साथ बुधबार तेस्रो राष्ट्रिय झण्डा दिवस मनाइएको हो ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल, श्रद्धावान नेपाल, राष्ट्रिय पोसाक संरक्षण महाअभियान नेपालको आयोजनामा राष्ट्रिय झण्डा दिवस मनाइएको हो । उनीहरुले राष्ट्रिय झण्डा दिवसका अवसरमा काठमाडौको माइतीघर मण्डलामा -यालीको समेत आयोजना गरेका थिए । -यालीमा उनीहरुले राष्ट्रियता भनेको झण्डा, भाषा, संस्कृति, पोशाक, र सम्पदाको संरक्षण हो भन्ने जस्ता प्ले कार्डहरु बोकका थिए ।

झण्डा दिवस कुनै पार्टी कुनै दलसँग नसमेटिई स्वतन्त्र अभियान्ताहरुले सुरुवात गरेको अभियान भएको राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डब्यले बताए । पछिल्लो समय राष्ट्रिय झण्डा जलाउने, च्यात्ने, दुरुपयोग गर्ने काम भइरहेकाले राष्ट्रिय झण्डाको उच्च सम्मान गर्न, झण्डाको प्रयोगको कार्यविधि र आचार संहिता बनाउन पनि झण्डा दिवस मनाइएको उनको भनाई छ ।

विश्वमा नेपाललाई चिनाउने झण्डालाई नेपालको राष्ट्रिय झण्डाको पर्व मनाउनुपर्छ भन्ने उद्देश्यले तीन वर्षअघिदेखि नेपालमा डिसेम्बर १६ मा यो दिवस मनाउन थालिएको हो । सन् १९६२ डिसेम्बर १६ मा अन्तर्राष्ट्रिय रुपमा नेपाली राष्ट्रिय झण्डाको रुपमा स्थापना गरिएको दिनको सम्झनामा दिवस मनाउन सुरु गरिएको हो ।