सरकारले ल्यायो संवैधानिक परिषदसम्बन्धि अध्यादेश

  • प्रकाशित मिति : December 15, 2020
  • sthaniyasarkar.com

काठमाडौं-सरकारले संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादले संवैधानिक परिषद्को बैठक अबरुद्ध भइरहेको बेला सरकारले संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याएको हो ।

मन्त्रिपरिषद् बैठकको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अध्यादेश जारी गर्नुभएको हो । राष्ट्रपति भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गर्नुभएको हो ।

नेकपाभित्रको विवादकै कारण प्रधानमन्त्री ओलीले आज विहान बोलाएको परिषदको बैठक सभामुख अग्नि सापकोटाले बहिष्कार गर्नुभएको थियो ।