इरानका राष्ट्रपति रुहानीले भने, ‘परमाणु वैज्ञानिकको हत्याका पछाडि इजरायलको हात छ’

  • प्रकाशित मिति : December 15, 2020
  • sthaniyasarkar.com

एजेन्सी । इरानका राष्ट्रपति हसन रुहानीले परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको हत्या गर्न इजरायलको हात रहेको आरोप लगाएका छन् ।

सोमबार सञ्चारकर्मीहरुसँग बोल्दै राष्ट्रपति रुहानीले इजरायलमाथि सो आरोप लगाएका हुन् । इस्लामिक गणराज्यका सैन्य परमाणु कार्यक्रममा अहम भूमिका निभाउँदै आएका वैज्ञानिक फखरीजादेह हत्या भएको करिब एक महिनापछि राष्ट्रपति रुहानीले सार्वजनिक रुपमै इजरायलमाथि सो आरोप लगाएका हुन् ।

पछिल्ला एक दशकदेखि इरानका परमाणु वैज्ञानिकहरुको हत्याको मामलालाई लिएर इजरायलमाथि आशंकाहरु गरिँदै आइएको छ । तर पछिल्लो आरोपलाई इजरायलले खारेज गरिसकेको छ । रुहानीले पत्रकारहरुसँगको कुराकानीका क्रममा भने– ‘इजरायलले वैज्ञानिकको हत्या गर्नुको मुख्य उद्धेश्य ट्रम्प प्रशासनको अन्तिम दिनहरुमा युद्ध र अस्थिरता पैदा गर्नु थियो ।’ रुहानीले हत्याको बदला लिएरै छाड्ने संकल्प लिएका छन् ।