काठमाडौंमा सरकारविरुद्ध कांग्रेसको प्रदर्शन

  • प्रकाशित मिति : December 14, 2020
  • sthaniyasarkar.com

काठमाडौं-प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गरिरहेको छ। काठमाडौंमा पनि विरोध प्रदर्शन सुरु भएको छ ।

कांग्रेसका नेता तथा कार्यकर्ताहरु रत्नपार्कस्थित शान्ति बाटिकामा जम्मा भएर विरोध र्‍याली सुरु गरेका छन्। र्‍यालीमा उल्लेख्य संख्यामा कांग्रेस नेता तथा कार्यकर्ताको सहभागीता रहेको छ।

रत्नपार्कस्थित शान्तिबाटिकाबाट सुरु भएको र्‍याली बागबजार, पुलतीसडक, प्रदशर्नीमार्ग, सुन्धाराहुँदै पुन: शान्ति बाटिकामा पुगेर कोणसभामा परिणत हुनेछ। भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गर्नेछन्।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुव्र्यवहार, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाहीको विरोधमा कांग्रेसले ७७ वटै जिल्लामा प्रदर्शन सुरु गरेको हो।

कांग्रेस सभापति शेरबहादुर देउवाले देशभर हुने प्रदर्शन विशेष रूपले महत्त्वपूर्ण भएको भन्दै सक्रिय सहभागिताका लागि पार्टीका सम्पूर्ण सदस्य, समर्थक र शुभचिन्तकसँगै सबै लोकतन्त्र पक्षधरलाई आह्वान गरेका छन्।

उनले सोमबार विरोधलाई सांकेतिक प्रदर्शन भन्दै सरकारविरुद्धको आन्दोलनको सुरुवात भएको बताएका छन्।