जर्बजस्ती करणी घटनामा मिलापत्र गराउने ६ जना पक्राउ

  • प्रकाशित मिति : December 11, 2020
  • sthaniyasarkar.com

काठमाडौं-जर्बजस्ती करणी घटनामा मिलापत्र गराउने ६ जनालाइ मोरङ प्रहरीले पक्राउ गरेकाे छ ।

मिलापत्र कागज गराउन संलग्न मोरङको धनपालथान गाउँपालिका वडा नं. ५ बस्ने बर्ष ६५ को धनेशु खवास, सोही ठाउँको बर्ष ५३ को सुधार सिंह खवास, बर्ष ६२ को मागन खवास, बर्ष ६२ को कलकनु खवास, रंगेली नगरपालिका वडा नं. १ बस्ने बर्ष ६७ को जगत नारायण खवास र बेलबारी नगरपालिका वडा नं. ८ बस्ने बर्ष ५३ को मथालु खवासलाई विहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मोरङको बेलबारी नगरपालिका वडा नं. ८ बस्ने बर्ष ३२ को सुरेश कुमार खवासले पीडित बर्ष २१ की परिवर्तित नाम (सुनवर्षी) लाई जवरजस्ती करणी गरेका थिए ।