ईयूले नेपाली उड्‍डयन क्षेत्रलाई कालोसूचीबाट हटाउने संकेत दियाे- पर्यटनमन्त्री भट्टराई

  • प्रकाशित मिति : December 7, 2020
  • sthaniyasarkar.com

नेपाल ज्योति- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले युरोपियन युनियनको पछिल्लो प्रतिवेदनमा नेपालको हवाई उड्डयनलाई कालोसूचीबाट हटाउने संकेत प्राप्त भएको बताएका छन ।

सोमबार ७६ औं अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा अन्तराष्ट्रिय बिमानस्थलमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले युरोपियन युनियनले नेपालको उडानक्षेत्रको बारेमा सार्वजनिक गरेको प्रतिवेदनले सकारात्मक सन्देश प्राप्त भएको बताएका हुन ।

नेपालका पछिल्ला प्रयत्नहरुबाट युरोपियन युनियन उत्साहित बनेको भन्दै उनले नेपालको हवाई उड्डयनलाई गरेको मूल्याङ्कन सकारात्मक भएको बताए।

मन्त्री भट्टराईले सरोकारवाला सवै निकायको मेहनतकै कारण नेपालको हवाई उड्डयन क्षेत्रमा सुधार भएको बताए ।

उनले नागरिक उड्डयन क्षेत्रमा संगठनात्मक पुनःसंरचना गर्नका ड्राफ्ट भएको कानून संसदमा रहेको भन्दै संसद चल्नेबितिकै पारित हुने विश्वास व्यक्त गरे ।

मन्त्री भट्टराईले कोरोनाका कारण अन्य देशका बिमानस्थल बन्द भएपनि नेपालको बिमानस्थल भने सधै खुल्ला हुनु खुसीको कुरा भएको बताए ।

उनले नेपालको ध्वजावाहक बिमानले अष्ट्रेलियाको