पार्टी एकता जोगाउन दुवै अध्यक्ष प्रतिबद्ध : सुवास नेम्बाङ

  • प्रकाशित मिति : November 20, 2020
  • sthaniyasarkar.com

नेपाल ज्योति-पार्टी एकता जोगाउन दुवै अध्यक्ष प्रतिबद्ध रहेको नेता सुवास नेम्बाङले बताएका छन्। कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग शुक्रबार दिउँसो भएको भेटवार्ताका क्रममा नेम्बाङले पार्टी एकता बचाउन र गुटबन्दी अन्त्य गरेर अगाडि बढ्न प्रस्ताव गरेका थिए।

नेम्बाङको प्रस्तावमा अध्यक्ष दाहाल सकारात्मक देखिएका छन्। दाहाललाई उदृत गर्दै नेम्बाङले भने, ‘पार्टी एकताप्रति म पनि प्रष्ट र प्रतिबद्ध छु, सचिवालयमा पेश भएको प्रतिवेदनले डोरी चुँडीएको छैन।’ सबैले पहल र प्रयास गरे पार्टीलाई एकताबद्ध बनाउन सकिने दाहालको भनाइ थियो। संवादका क्रममा ओलीले पनि पार्टीलाई एकढिक्का बनाएर अगाडि जान आफू तयार रहेको बताएका थिए।