नीतिशकुमार पुन: बिहारकाे मुख्यमन्त्री

  • प्रकाशित मिति : November 17, 2020
  • sthaniyasarkar.com

नेपाल ज्योति -नेपालको सीमा जोडिएको बिहार (भारतीय राज्य) मा पुन: नीतिश कुमार मुख्यमन्त्री बनेका छन् । जनता दल यूनाइटेड (जेडीयू) का नेता नीतिशले विजेपीसँगको गठबन्धनमा पुन: सफलता हात पारेका हुन् ।

उनले  सातौं पटक बिहारको मुख्यमन्त्री शपथ खाएका छन् । सन् २००० मा एक सातामात्र बिहारको मुख्यमन्त्री भएका थिए । तर, उनी २००५ यता लगातार चौंथो पटक मुख्यमन्त्री बन्दै बिहारमा दोस्रो लामो समय मुख्यमन्त्री बन्ने नेतामा दरिए । कोभिड-१९ बीच सम्पन्न निर्वाचनमा विजयी नीतिशले पटनामा आयोजित एक समारोहबीच मुख्यमन्त्रीको शपथ लिएका हुन् ।

बिहारकाे राजनीतिबारे यहाँ पनि चासो रहने गरेकाे देखिन्छ । नीतिश नेपाली नेताहरूलाई नजिकबाट चिन्ने भारतीय नेता हुन् । उनले नेपालको औपचारिक भ्रमण पनि गरेका छन् । उनी यहाँ आउँदा नेता भेटघाटसँगै तपोवन ओशोमा पुगेर समेत बास बसेका थिए । सन् २००५ यता नौं‌ महिनाबाहेक उनी लगातार विहार हाँकीरहेका छन् ।

सन् २०१४ को लोकसभा निर्वाचनमा उनको दल पछि परेपछि उनले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । अनि जेडीयूकै जितनराम माझी सन् २०१४ को मे २० देखि २०१५ को फेब्रुअरी २२ सम्म बिहारका मुख्यमन्त्री बनेका थिए।