संघीयता खारेजीकाे माग राख्दै विरोध प्रदर्शन

  • प्रकाशित मिति : November 29, 2020
  • sthaniyasarkar.com

नेपाल ज्योति- संघीयता खारेज गर्नुपर्ने लगाएतका माग राख्दै राष्ट्रिय जनमोर्चाले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

मुलुक संघीयतामा गएकै कारण देश आर्थिक रुपमा कमजोर हुदै गएको भन्दै जनमोर्चाले एकात्मक मुलुकको मागका साथ आइतबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेको हो ।

प्रर्दशनमा सहभागीहरुले संघीयता चाहिदैन देश टुक्राउन पाइदैन पाइदैन भन्दै नारा लगाएतका थिए । त्यस्तै उनीहरुले कोराना नियन्त्रण र रोकथाम तथा उपचारका लागि प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन् । कोरोनाको रोकथामका लागि सरकारले प्रभावकारी कदम नचालेकै कारण संक्रमितको संख्या बढेको उनीहरुको आरोप छ ।

जनमोर्चाले छिमेकी मुलुकहरुले नेपालको भूमि अतिक्रमण गरेको भन्दै अतिक्रमित भूमि फिर्ताका लागि सरकारले गम्भीर भएर वार्ता गर्नुपर्ने माग पनि अघि सारेको छ ।